काठमाडौं । ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैठकले रेग्मीलाई असोज १ गतेदेखि लागू हुनेगरि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
रेग्मी यसअघि ग्लोबल आइएमई बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । विगत १५ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत रहेका रेग्मीलाई सञ्चालक समितिले वरिष्ठ डेपुटी सिईओमा नियुक्त गरेको हो । रेग्मीसँग बैंकिङ क्षेत्रको करिब ३५ वर्षको अनुभव रहेको छ । उनी २०६५ सालमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए अध्ययन गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्