काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी ५५ रुपैयाँ रहेको छ भने भारतीय ठुलो गोलभेडा ५५ रुपैयाँ रहेको छ । त्यस्तै टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ५० रुपैयाँ प्रतिकेजी रहेको छ र लोकल सानो गोलभेडा ४० रुपैयाँ रहेको छ ।
साथै, रातो आलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र रातो आलु(मुडे) ५० रुपैयाँ रहेको छ भने भारतीय सुकेको प्याज ७२ रुपैयाँ प्रतिकेजी रहेको छ । समितिका अनुसार लोकल गाजर १२० रुपैयाँ प्रतिकेजी, लोकल बन्दा ७० रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ९० रुपैयाँ प्रतिकेजी, सेतो मुला ९० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । भन्टा लाम्चो ५०, डल्लो भन्टा ७०, तने बोडी ८०, घ्यु सिमी ९०, टाटे सिमी ८०, भटमासकोशा ११०, तिते करेला ८०, लौका ४०, परवल ५०, चिचिण्डो ४०, घिरौला ४०, पाकेको फर्सी ५०, हरियो (डल्लो)फर्सी ५० र भिन्डी ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
त्यस्तै, रायोको साग प्रतिकेजी १४० रुपैयाँ, तोरीको साग ५०, हरियो प्याज १५०, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो ४५०, निउरो ९०, ब्रोकाउली ३००, चुकुंदर ७०, सजीवन १९०, तामा ९० र तोफु ११० रुपैयाँ रहेको छ ।
यता फुजी स्याउ ३२० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, कागती २००, अनार २८०, कालो अंगुर ४५०, हरियो तर्बुजा ६०, मौसम १५०, जुनार ३२०, भुई कटहर १५०, काक्रो १००, रुख कटहर ८०, निबुवा ६०, नासपाती ७०, चाइनिज नासपाती ३००, मेवा ८०, अम्बा १००, लप्सी ६०, किवी ६००, सरिफा १५०, अभोकाडो २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्