काठमाडौं । पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गरेको छ । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराइले जानकारी दिएका हुन् ।
असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी सहभागी हुने संयोजक भट्टर्राईले बताएका थिए । क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी, कलाकार निखिल उप्रेती, सन्दर्भ दिप क्षेत्री, दिलिप रायमाझी,गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिशागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने भट्टराइले जानकारी दिए ।
असोज ११ गते विहान काठमाडौंदेखि सैलुङको यात्रा सुरू हुनेछ । असोज १२ गते चौरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सास्कृतिक कार्याक्रमसहित रैथाने खानामा रमाइनेछ ।
आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले कार्याक्रममा सहभागी हुन पाउनेछन् । हिमालयको ‘पानारोमा भ्यु’, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।
वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरुको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविस्यमा पनि निरन्तरता दिइने संयोजक भट्टराईको भनाइ छ ।
साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउने देखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।
विवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रुपमा स्पार्क कार रहेको भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले तलको लिंकमार्फत दर्ता हुन सकिने आयोजकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्