काठमाडौं । नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा उजुरी परेको छ । शुक्रबार तिलक कोइराला नेतृत्वको लगानीकर्ताको समूहले बिमा कम्पनीहरूलाई ऐन बिपरित प्रिमियम मुल्यमा आइपीओ जारी गर्न दिएको भन्दै उजुरी दिएका हुन् ।
लगानीकर्ताहरुले दर्ता गराएको लिखित उजुरीमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेलविरुद्ध बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् ।
त्यस्तै, उक्त घटनाको छानविन गरी यसमा संलग्नहरुलाई प्रचलित कानून बमोजिम हदैसम्म कार्वाही गर्न माग गरेका छन् ।
यस्तो छ उजुरी पत्र
श्रीमान् प्रमुखज्यू
२०८०/०६/२५
अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी, काठमाडौ
बिषयःअख्तियार दुरुपयोग गर्नेमाथि छानविन गरी तत्काल कारबाही गरिपाउँ
प्रस्तुत बिषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल (जो जो संलग्न छन्) लगायतले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर कारबाही प्रचलित कानून बमोजिम हदैसम्म गरिपाउन यो उजुरी दिएका छौँ ।
बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा रहेको प्राबधान
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि बीमकले सर्बसाधारणबाट सेयर खरिदकालागि दरखास्त आब्हान गर्दा सेयरको अंकित मुल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ ।
मागदावी
१. नेपाल धितोपत्र बोर्डकाअध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेललगायत (जो, जो संलग्न छन् ) ले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्थाविपरित अख्तियारको दुरुपयोग गरी सिटिजन लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र रिलायवल लाईफसहित चार वटा बीमा कम्पनीहरुलाई अंकित मूल्य भन्दा बढी रकम सर्बसाधारणबाट माग गर्न दिने गरी आब्हानपत्र स्वीकृत गरी कानून विपरितको कार्य र अख्तियार दुरुपयोग गरेका छन् । निजहरुले हिमालयन रि ईन्स्योरेन्सलाई अंंकित मूल्य भन्दा बढी सर्बसाधारणबाट रकम माग गर्ने गरी आब्हानपत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकोले यसअघि भए गरेका गैरकानुनीकार्यहरु बदर गराउन, हुुनलागेका गैरकानूनी कार्य रोकिपाउन र जो जो संलग्न छन्, दोषीउपर प्रचलिच कानून अनुसार हदैसम्म कडा कारबाही गर्न माग गर्दछौं ।
२. नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको हित प्रतिकुल र अपारदर्शी रुपमा मनलाग्दी प्रिमियम राखेर साधारण सेयरको प्रिमियम मुल्य निर्धारण गरी घोराही सिमेन्ट लगायतका प्रकरणमा नीतिगत भ्रष्टाचार समेत भईरहेकाले सो को छानविन गर्न, आईपीओको सम्पूर्ण प्रक्रियालाई तत्काल स्थगित गरी धितोपत्र बोर्डले २०७७ सालमा जारी गरेको बुक विल्डिड कार्यविधि अनुरुप मात्र जारी गराउने गरी तत्कालका लागि सम्पूर्ण प्रक्रिया रोक्नलगाई पाउँ ।
३। उल्लेखित बीमा कम्पनीहरुलाई संचालन स्वीकृति (लाईसेन्स) दिँदाको प्रावधान र आईपीओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभुतकर्ता, रेटिड। ऐेजेन्सी, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरुको छानविन गरिपाउँ ।
४.कानूनको बर्खिलाप अख्तियार दुरुपयोग भईरहेका कार्यहरु रोकि पाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिईएका उजुरीहरुको वेवास्ता गरिन्छ भन्ने आरोपहरुको स्वतःखण्डन हुने गरी हाम्रो यस उजुरीको तत्काल सुनुवाई भई ६० लाख लगानीकर्ताहरुको हितमा काम हुनेछ भन्ने पूर्ण विस्वास लिएका छौं ।
बोधार्थः १. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार
२. अर्थमन्त्रालय, सिंहदरबार, काठमाडौ
३. अर्थ समिति, प्रतिनिधि सभा
उजुरी दिने
सर्वसाधारण लगानीकर्ताहरुको तर्फबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्