काठमाडौँ । ‘आपराधिक विश्वासघात’ को अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीले आफूले लिएको पैसा फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले पैसा फिर्ता लिन नमानेको बयान दिएका छन् । आइतबार प्रहरीसँगको सोधपुछका क्रममा अभिनेता केसीले फिल्म ‘रावायण’ को लागि आफूले लिएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नलिएको बताएका हुन् ।
‘फिल्मको स्क्रिप्ट मन नपरेपछि फिल्म खेल्न अस्वीकार गरेको हुँ ।’, अनमोल केसीको भनाइलाई उदृत गर्दै एक प्रहरीले भने, ‘फिल्म खेल्न अस्वीकार गरेपछि मैले पैसा फिर्ता लैजानुस् भनेको हो तर उहाँहरुले मान्नुभएन ।’
यसो त अनमोल केसीलाई लिएर फिल्म ‘रावायण’ बनाउन लागेको सुदर्शन थापा प्रोडक्सनले अनमोलबाट १ करोड ५ लाख रुपैयाँ माग दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार प्रोडक्सनले प्राविधिक लगायतका क्षेत्रमा खर्च भइसकेको भन्दै अनमोलबाट उक्त रकम माग दाबी गरेको हो ।
अनमोलले एक महिना अघि १० लाख रुपैयाँको चेक लिएर निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रावायण’मा काम गर्न दिएको बचन नमानेर घात गरेको भन्दै अनमोलविरुद्ध सुदर्शन फिल्मस्की प्रमुख सुप्रिया कटुवालले प्रहरीमा जाहेरी दिएकी थिइन् । कटुवालको जाहेरीपछि शुक्रबार पक्राउ परेका केसी छातीमा समस्या देखिएपछि सोही दिन चिरायू अस्पताल भर्ना भएका थिए । केसीलाई आइतबार जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्