Skip to content
LAXMI SUNRISE BANK

अपराधिक विश्वासघातको अभियोगमा पक्राउ परेका अनमोल केसी रिहा !, प्रहरीले बोलाउँदा उपस्थित हुने सर्त !

अर्थ सरोकार

काठमाडौं । प्रहरीले अभिनेता अनमोल केसीलाई रिहा गरेको छ । उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले छाडिएको प्रहरीको भनाई छ ।

अर्को अपराध गर्न सक्ने, प्रमाण मेटाउन सक्ने र फरार हुन सक्ने कारण अभियुक्तलाई हिरासतमा राख्ने गरिन्छ । तर कानुनअनुसार हिरासतमा राख्ने तीनै कारणमा अनमोल केसी नपरेकाले उनलाई हिरासतमुक्त गरिएको हो ।

उनलाई प्रहरीले बोलाउँदा आउने सर्तमा छोडिएको प्रहरीको भनाई छ ।  प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK