काठमाडौं । काठमाडौं महानगरपालिकाले बरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । बजार अनुगमनका क्रममा स्लाइसमा अखाद्य बस्तु भेटाएपछि जरिवाना तिराएको हो ।
कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । कालिमाटी स्थित एक पसलमा बेच्न राखेको स्लाइसमा कालो लेदो पदार्थ भेटिएपछि उत्पादन गर्ने कम्पनीलाई कारवाही गरेको महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाले बताएका छन् ।
त्यस्तै, प्याकिङ पछि भौतिक र रासायनिक दुवै रुपमा अनिवार्य गुणस्तर मापन गर्न महानगरले निर्देशन दिएको छ । अखाद्य स्लाइसको लटमा उत्पादन भएका अन्य उत्पादनहरुको पुनः गुणस्तर परीक्षण गर्नपनि अनुमगन टोलीले निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्