×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इभि किनेकाहरुलाई दु:खको खबर : १५० प्रतिशत बढ्दैछ चार्जिङ शुल्क, यसकारण कुलमान गरे यस्तो तयारी…

PRIME CA

इभि किनेकाहरुलाई दु:खको खबर : १५० प्रतिशत बढ्दैछ चार्जिङ शुल्क, यसकारण कुलमान गरे यस्तो तयारी…

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विद्युतीय सवारी साधन हुनेहरुका लागि दु:खको खबर छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनको अपरेशन कष्ट बढ्नेगरी चर्चिङ शुल्क ह्वात्तै बढाउने भएको छ । प्राधिकरणले यस्तो शुल्कमा १ सय ५० प्रतिशत बढाउने तयारी गरेको हो । प्राधिकरणले एउटा चार्जिङ स्टेसनका लागि ६० लाख रुपैयाँसम्म खर्च गरेको छ । तर लगानीअनुसारको नाफा प्राधिकरणले नपाउँदा, स्टेसन संचालन घाटामा छ । प्राधिकरणका अनुसार ६० लाख खर्च गरेर बनाइएको स्टेसनबाट मासिक ९० हजार हाराहारी आम्दानी गर्न पनि मुस्किल छ ।
प्राधिकरणले प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको संयोजकत्वमा बनाएको समितिले दिएको सुझावपछि यस्तो निर्णय हुन लागेको हो । इभीको चार्जिङ शुल्क विभिन्न देशमा चार गुणासम्म लिन पाउने व्यवस्था भएको उदाहरणसमेत राखी सो समितिले नेपाल विद्युत प्राधिकरणले शुल्क बढाउनुपर्ने सुझाव दिएको थियो । प्राधिकरणका अनुसार शुल्कमा हुने यस्तो बढोत्तरीसम्बन्धि संचालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग जानेछ । आयोगले स्वीकृत गरेपछि यो निर्णय कार्यान्वयनमा आउनेछ । अहिले चार्जिङ स्टेसन संचालकहरुले प्राधिकरणलाई प्रति युनिट ८ रुपैयाँ तिरिरहेका छन् । अव यो शुल्क प्रति युनिट २० रुपियाँ पुग्नेछ ।
प्राधिकरणका अनुसार सिंहदरबारभित्र ५ वटा, टाटाका १९ वटा, एमजीका ७ वटा, बीवाइडीका ५वटा र कियाका ७ वटा चार्जिङ स्टेसन संचालनमा छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा २ हजार १ सय ३५ वटा विद्युतीय गाडी आयात भएका छन् । यसरी हेर्दा ती गाडीसहित पूराना विद्युतीय गाडी प्राधिकरणको यो निर्णयपछि प्रभावित हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: