×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भेट्रान व्यवसायी प्रवलजंग पाण्डे बने सिटिजन्स बैंकका अध्यक्ष, राजनसिंह भण्डारीका विश्वासपात्र पोखरेल बिदा होलान् ?

PRIME CA

भेट्रान व्यवसायी प्रवलजंग पाण्डे बने सिटिजन्स बैंकका अध्यक्ष, राजनसिंह भण्डारीका विश्वासपात्र पोखरेल बिदा होलान् ?

२६ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भेट्रान व्यवसायी प्रवलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्षमा निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । बैंकका प्रमुख लगानीकर्तासमेत रहेका पाण्डे यसअघि बैंकको संचालक समिति सदस्य थिए । उनकै पहलमा सिटिजन्स बैंकमा तिनाउ मिसन, सृजना फाइनान्स र सहयोगी बिकास बैंक बिलय भएका थिए ।
कसमस सिमेन्टकासमेत निर्देशकरहेका पाण्डे लोमस फर्मास्यूटिकल्स, फर्चुना ग्रुप,लगायतका प्रतिष्ठित कम्पनीहरुमासमेत आवद्ध छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग सिमेन्टको व्यापारमा पनि संलग्न छन् ।
इन्जिनियरिङमा स्नातक गरेका पाण्डेको नेतृत्वमा बैंकले नयाँ उचाईं लिने विश्वास लिईएको छ ।
योसँगै बैंकका पूर्व अध्यक्ष राजनसिंह भण्डारी बैंकको अध्यक्ष पदबाट बिदा भएका छन् । बैंकको सीइओ हुँदै अध्यक्ष बनेका भण्डारी पनि भेट्रान बैंकर हुन् । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीसमेत रहेका भण्डारी सिए क्षेत्रमा पनि प्रतिष्ठित व्यक्ति हुन् । उनकै विश्वास पात्रका रुपमा रहेका गणेशराज पोखरेल बैंकको सीइओ छन् ।
पोखरेल नियामक नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट अनुशासनको कार्वाही भोगेका व्यक्ति हुन् । राजन सिंह भण्डारी नभएको भए, पोखरेल सिटिजन्समा सीइओ बन्न नै सक्दैनथे भन्ने चर्चा गर्नेहरु अव भण्डारीको बहिरगमन र रिजल्ट खोज्ने पाण्डे बैंकको अध्यक्ष भएपछि बैंकको सीइओका रुपमा पोखरेलको निरन्तरता होला नि नहोला भनेरसमेत चर्चा गर्न थालेका छन् ।
यसो त नयाँ अध्यक्ष आएसँगै पोखरेलले पनि आफु बैंकमा नरहने सक्ने बताउने गरेको चर्चा स्वयम् बैंकका उच्च अधिकारीहरुले केहि समय अघि नै गर्न थालेका थिए । यस विषयमा शुक्रबार पोखरेलको धारणा लिन फोन गर्दा ३ पटक उनले फोन काटे भने त्यसपछि उनको फोन अफ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: