काठमाडौँ । सामाजिक उत्तरदायित्वको पैसा दुरुपयोग गरेर आफ्नै कर्मचारीलाई चकलेट बाँडेको भन्दै पछिल्लो समय जनताको नजरमा सार्है विवादित बनेको सिटिजन्स बैंकले अन्य थुप्रै गैरकानुनी हर्कत गरेको रहस्य बाहिरिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सो बैंकलाई कार्वाही गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।
सिटिजन्स बैंकले प्रिमियम दरमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरित पटकपटक वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ। प्रिमियम दरमा मनपरी ढंगले ऋणीमाथि गैरकानुनी रकम उठाएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरीसमेत परेको थियो । सो उजुरीको छानविनका क्रममा बैंकले गलत काम गरेको पुष्टी भएपछि सिटिजन्स बैंकलाई राष्ट्र बैंकले कार्वाही गरेको हो ।
यसो त नेपाल राष्ट्र बैंकले सिटिजन्स बैंकका अन्य हर्कतउपर पनि कार्वाही गरेको छ । राष्ट्र बैंकले कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएकोसमेत पुष्टी भएपछि कार्वाही गरिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंकका सीइओ गणेश राज पोखरेललाई सचेत गराएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्