×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको राम्रो कामको थालनीको प्रभाव : नि:शुल्क कम्पनी दर्ता हुन थालेपछि दिनमै सय बढी नयाँ कम्पनी दर्ता हुन थाले

PRIME CA

सरकारको राम्रो कामको थालनीको प्रभाव : नि:शुल्क कम्पनी दर्ता हुन थालेपछि दिनमै सय बढी नयाँ कम्पनी दर्ता हुन थाले

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले नि:शुल्क कम्पनी दर्ता गर्न थालेपछि दिनमै सय  बढी कम्पनी दर्ता हुन थालेका छन् । कार्यलयका अनुसार बुधबारसम्ममा आठ सय एक कम्पनी दर्ता भएका हुन् ।

गत असोज आठ गतेदेखि कार्यालयले नयाँ कम्पनी दर्ता तथा पूँजी वृद्धि गर्न थालेको हो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत नयाँ कम्पनी दर्ता तथा पूँजी वृद्धि शुल्क नलाग्ने घोषणा गरेको थियो ।

सरकारले बजेट मार्फत उक्त घोषणा गरेको भए पनि कार्यालयले उक्त विषय कार्यान्वयनमा ल्याएको थिएन । आफ्नो ऐनले सो व्यवस्था नगरेको भन्दै कार्यालयले उक्त सेवा दिन अस्वीकार गर्दै आएको थियो । तर गत भदौ २९ गते नेपाल सरकार मन्त्रीपरिषद बैठकले उक्त व्यवस्था कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै कार्यालयले उक्त सेवा दिन थालेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: