×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा पेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा पेश

Artha Sarokar

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला शिवराज नगरपालीका वडा नं.४ घर भई हाल जिल्ला बाँके, नेपालगंज उपमहानगरपालीका वडा नं.१मा बस्ने ३६ बर्षीय कुतबुद्दिन शेष पक्राउ परेका हुन ।

राजश्व अनुसन्धान कार्यालय बुटवलले अन्तशुल्क स्टिकर टााँस नगरिएको इको प्लस गुट्खा १५८.३६ केजी वरामद  गरी नेपालगंज उपमहानगरपालिका वडा नं.१ खजुरारोड, बाँके स्थित नेपाल पान मसला उद्योगको आर्थिक बर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को खरिद खाता, विक्रि खाता, उत्पादन खाता, अन्तस्शुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण, उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ् मेटेरियल खपत प्रयोग अनुपातको आधारमा छानविन तथा अनुसन्धान गरेको थियो ।

उक्त उद्योगका संचालक प्रतिवादीले कच्चा पदार्थको हिसाब किताब र लेखा लापरबाही तथा त्रुटीपुर्ण तवरले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवं प्याकेजिङ् मेटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नम्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्रि वितरण गरेको भन्ने राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ दफा ४ को ‘क ‘ र ‘ख’ तथा दफा २ (छ १) अनुसारको अन्त:शुल्क, मुल्य अभिवृद्धि कर र आयकरको राजश्व चुहावट गरेको कसूरमा उच्च अदालत तुलसीपुरको २०७८ पुष १४ गतेको फैसलाले प्रतिवादीलाई ६ महिना कैद हुने ठहर गरेको हो ।

साथै, सरकारी बाँकी सरह असुल गर्नुपर्ने राजश्व चुहावट गरेको विगो रकम ३ करोढ ९९ लाख १० हजार ९ सय ३ रुपैयाँ तथा जरिवाना १ करोढ ९९ लाख ५५ हजार ४ सय ५२ गरी जम्मा ५ करोढ ९८ लाख ६६ हजार ३ सय ५५ रुपैंया  वेरुजू रही निज प्रतिवादी फरार रहेकोमा निजलाई उक्त कार्यालयबाट खटीएका प्रहरी टोलिले २०८० असोज १७ गते चन्द्रौटा, कपिलवस्तुबाट पक्राउ गरेको हो ।

उक्त प्रतिवादीलाई प्रहरीले फैसला कार्यान्वयनको लागि २०८० असोज १८ गते  काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरी उपरीक्षक नबराज अधिकारीले जानकारी दिएका छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी