काठमाडौं । दशैंको छैटौंदिन सम्म आइपुग्दा काठमाडौं सुनसान प्राय भईसकेको छ । सरकारले दशैंको लागि अग्रिम टिकट बुकिङ्ग खुला गरेसँगै उपत्यका छोड्नेहरुको संख्या बढेको हो ।
काठमाडौं उपत्यकाबाट जन्मथलो जाने मानिसहरुको चाप बढेकाले दैनिक २ सय देखि ३ सय सवारी साधन संचालनमा ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ ।त्यस्तै, यात्रुहरुको सहजताका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीसम्म हरेक क्षेत्रमा सुरक्षाको लागि खटिरहेको महासंघका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले बताए ।
यसवर्षको चाडपर्वमा टिकट र सवारी साधनको अभावमा कोही पनि यात्रु अलपत्र पर्न नपर्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ । चाडपर्व विशेष समयमा नै टिकट सकिएपछि यात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्यसम्म पुग्न निकै सकस बेहोर्नुपरेको गुनासो आईरहेका बेला उनले यो वर्ष त्यो समस्या नहुने दावी गरे।
त्यस्तै, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, चाडपर्वको समयमा चोरी, डकैती लगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचना सार्वजनिक गर्नु मुख्य भूमिका रहेका बताएका छन् ।
ठूला पर्व दशैं, तिहार, छठ लगायतका पर्व नजिकिँदै जादा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए । देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी ‘सुरक्षा योजना २०८०’ नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए ।
उक्त सुरक्षा योजना अन्तर्गत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षीत बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए । चाडबाडमा आम नागरिकको सुरक्षाका लागि ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्