काठमाडौं । सर्वसाधारणले असोज २९ गते सोमबारबाट दशैंको लागि नयाँ नोट साट्न पाउने भएका छन् । काठमाडौं उपत्यका भित्रका सर्वसाधारणले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकका शाखा कार्यलयमार्फत नयाँ नोट साट्न सकिने जनाईएको छ ।
त्यस्तै, उपत्यका बाहिरका सर्वसाधारणले राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयबाट नोट साट्न सक्नेछन् । प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँको दरले नोट साट्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्ने भएको छ । साथै, ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका बन्डलले १८ हजार ५ सय रुपैयाँ नै उपलब्ध हुने बैंकले जनाएको छ ।
त्यस्तै, बैंक तथा वित्तिय संस्थाहरुले तोकेको समयमा तोकेको मुख्य शाखाहरुबाट सर्वसाधरणलाई सटही सुविधा दिनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्