Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ताको पक्षमा धितोपत्र बोर्डको प्रविधिमैत्री सुरुवात, सेयर बजारबारे सचेतनामा सकारात्मक प्रयास !

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले च्याटबोट सेवाको सुरुवात गरेको छ । बोर्डले लगानीकर्ताका गुनासा सुनुवाई गर्न आफ्नो वेबसाइटमा च्याटबोट सेवाको सुरुवात गरेको हो ।

बोर्डले ‘वर्ल्ड इन्भेटर विक-२०२३’ को अवसरमा सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी च्याटबोट सेवाको सुरुवात गरेको जानकारी गराएको हो । ‘अब लगानीकर्ताहरुले आफ्ना जिज्ञासा च्याटबोटमार्फत राख्न सक्नेछन्’, बोर्डका अध्यक्ष रमेशकुमार हमालले भने, ‘यसमार्फत प्राप्त जिज्ञासा छिटोभन्दा छिटो सुनुवाई गर्न हामी तत्पर छौँ ।’

अध्यक्ष हमालले हाल नेपालमा वित्तीय साक्षरता निकै कम रहेको बताएका थिए । ‘यस्तो अवस्थामा धितोपत्र बोर्डले ल्याएको च्याटबोट सेवाले केही हदसम्म वित्तीय साक्षरता बढाउन भूमिका खेल्न सक्छ’, उनले भने ।

त्यस्तै, उक्त कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष हमालले  नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा ३६ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK