काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न दबाव दिएका छन् । सिंहदरबारमा भएको भेटमा ओलीले प्रचण्डलाई प्रसाईंलाई पक्राउ गर्न दबाव दिएका हुन् ।
पार्टी छोडेर ऋण नतिर्ने तथा राजतन्त्रको पक्षका वकालत गर्दै हिँडेको भन्दै प्रसाईंप्रति रुष्ठ बनेका ओलीले प्रचण्डलाई भेटेर उनलाई पक्राउ गर्न दबाव दिएको स्रोतले पुष्टी गरेको छ । स्रोतका अनुसार ओलीले गणतन्त्रको विरोध गरेर प्रसाईंले परिवर्तन विरोधी तत्वलाई सघाएको भन्दै सरकारलाई एक्सन लिन दबाव दिएका हुन् ।
प्रसाईंलाई पक्राउ गर्न ओलीको दबावपछि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आइतबार माओवादीका नेताहरुसँग ब्रिफिङ गरेका छन् ।
यता प्रसाईंले भने आफूलाई पक्राउ गर्ने कुरा र नेताहरुको सल्लाहले नडराउने बताएका छन् । ‘मलाई पक्राउ गर्न दबाव दिएकोबारे म जानकार छु । तर, मलाई कुनै पनि डर छैन ।’, अर्थ सरोकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘मैले मान्छे मारेको छैन, मैले देश लुटेर विदेशमा लगानी गरेको छैन । अनि म किन डराउने ? जसले जतिसुकै दबाव दिए पनि मलाई केही हुन्न ।’
त्यस्तै, प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको समेत आरोप लगाएका छन् । यतिसम्म कि उनले ओलीको कम्बोडियामा भएको लगानीको प्रमाण आफूसँग भएको र आवश्यक परे सार्वजनिक गर्ने समेत चेतावनी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्