×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंबाट दिल्ली जानभन्दा धनगढी जान महँगो !

PRIME CA
GLOBAL IME BANK

काठमाडौंबाट दिल्ली जानभन्दा धनगढी जान महँगो !

२६ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँको मुखमा काठमाडौँबाट भारतको राजधानी दिल्ली जानभन्दा नेपालकै धनगढी जाने हवाईभाडा महँगो भएको पाइएको छ । शुक्रबार विभिन्न एयरलाइन्सको भाडादर हेर्दा दिल्ली जान १० हजार ४ सय ९३ नेपाली रुपैयाँ लाग्दा धनगढी जान भने १७ हजार १ सय ८६ रुपैयाँ परेको पाइएको हो ।

शुक्रबारको भाडादर अनुसार काठमाडौँबाट धनगढी जान श्री एयरलाइन्सले १७ हजार १ सय ८६ रुपैयाँ । तर नेपालकै सरकारी एयरलाइन्स नेपाल एयरलाइन्सले भने काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म पुग्न १० हजार ४ सय ९३ नेपाली रुपैयाँ मात्र लिने भनेको छ । यसको अर्थ नेपालकै सुदूरपश्चिममा जान भारतको राजधानीमा जान भन्दा महँगो पर्ने भएको छ ।

दशैंको मुखमा यसरी हवाई कम्पनीहरुले भाडादर चर्को बनाउँदा घर जाने यात्रुहरु मारमा परेका छन् । छिमेकी देशको राजधानी जानुभन्दा आफ्नै देशको एक ठाउँ जान महँगो परेपछि सामाजिक संजालमा सरकारको चर्को आलोचना भईरहेको छ ।

यता हवाई कम्पनीहरुले भने यसलाई सामान्य कुरा भनेका छन् । दशैंमा हरेक बर्ष यस्तै हुने गरेको तर्क उनीहरुको छ । ‘यो नयाँ कुरा केहि पनि होइन । हरेक बर्ष यस्तै हुन्छ। दशैँको मुखमा दिल्ली जानेआउने भाडा सस्तो हुन्छ भने नेपालका विभिन्न ठाउँमा जाने भाडा महँगो हुन्छ । ‘श्री एयरलाइन्समा कार्यरत एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘हाम्रो देशको सिष्टम नै यस्तै छ, के गर्नु ?’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: