काठमाडौँ । दशैँको मुखमा काठमाडौँबाट भारतको राजधानी दिल्ली जानभन्दा नेपालकै धनगढी जाने हवाईभाडा महँगो भएको पाइएको छ । शुक्रबार विभिन्न एयरलाइन्सको भाडादर हेर्दा दिल्ली जान १० हजार ४ सय ९३ नेपाली रुपैयाँ लाग्दा धनगढी जान भने १७ हजार १ सय ८६ रुपैयाँ परेको पाइएको हो ।
शुक्रबारको भाडादर अनुसार काठमाडौँबाट धनगढी जान श्री एयरलाइन्सले १७ हजार १ सय ८६ रुपैयाँ । तर नेपालकै सरकारी एयरलाइन्स नेपाल एयरलाइन्सले भने काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म पुग्न १० हजार ४ सय ९३ नेपाली रुपैयाँ मात्र लिने भनेको छ । यसको अर्थ नेपालकै सुदूरपश्चिममा जान भारतको राजधानीमा जान भन्दा महँगो पर्ने भएको छ ।
दशैंको मुखमा यसरी हवाई कम्पनीहरुले भाडादर चर्को बनाउँदा घर जाने यात्रुहरु मारमा परेका छन् । छिमेकी देशको राजधानी जानुभन्दा आफ्नै देशको एक ठाउँ जान महँगो परेपछि सामाजिक संजालमा सरकारको चर्को आलोचना भईरहेको छ ।
यता हवाई कम्पनीहरुले भने यसलाई सामान्य कुरा भनेका छन् । दशैंमा हरेक बर्ष यस्तै हुने गरेको तर्क उनीहरुको छ । ‘यो नयाँ कुरा केहि पनि होइन । हरेक बर्ष यस्तै हुन्छ। दशैँको मुखमा दिल्ली जानेआउने भाडा सस्तो हुन्छ भने नेपालका विभिन्न ठाउँमा जाने भाडा महँगो हुन्छ । ‘श्री एयरलाइन्समा कार्यरत एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘हाम्रो देशको सिष्टम नै यस्तै छ, के गर्नु ?’

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्