काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डबीच देशभर सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा दुईपक्षीय सम्झौता भएको छ । सम्झौतामा नेपाल धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेश हमाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।
विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर बिहीबार दुई संस्थाले सम्झौता सम्पन्न गरेका हुन् । सम्झौता अनुसार देशभर लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्न धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने छन् ।
उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ७७ जिल्लामा उद्योग वाणिज्य महासंघ मार्फत कार्यक्रम गरिने बताएका थिए । उनका अनुसार पहिलो चरणमा ३० वटा जिल्लामा सेयर साक्षरता (वित्तीय साक्षरता) कार्यक्रम गरिने छ ।
वित्तीय साक्षरताको मामलामा नेपालको अवस्था कमजोर रहेकोले त्यसलाई बढाउन यो सम्झौता गरिएको उनले बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्