Skip to content
LAXMI SUNRISE BANK

बुधबार १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९७ हजार ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार ५ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK