काठमाडौँ । हेलिकप्टर प्रतिबन्ध फुकेको एक साता नपुग्दै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । मनाङ एयरको एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो । मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार रुम्झाटारबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना भएको हो।शनिबार बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर हाई अल्टीट्युडका यात्रु लिन गएको थियो ।
पाइलटमात्र रहेको हेलिकप्टर दुर्घटना भए पनि पाइलट पिके सेढाइ सुरक्षित छन् । उनी सामान्य घाइते भएका छन् । उनलाई अहिले ह्याम्स हस्पिटलमा उपचार गराईराखिएको छ ।
अवतरणका समयमा सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलिसकेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्