×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजार : १ हप्तामै ३००० अंकले घट्यो सेन्सेक्स, १५ मिनेटमै लगानीकर्ताको ३५ खर्ब भारु स्वाहा ! 

PRIME CA

भारतीय सेयर बजार : १ हप्तामै ३००० अंकले घट्यो सेन्सेक्स, १५ मिनेटमै लगानीकर्ताको ३५ खर्ब भारु स्वाहा ! 

९ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । भारतको सेयर बजार १ हप्तामै ३००० नन्काले घटेको छ ।  मध्यपूर्व जारी द्वन्द्वको चिन्ताका कारण विश्व सेयर बजार ओरालो लागिरहँदा भारतमा पनि त्यसको असर देखिएको एजेन्सीहरुले जनाएका छन् ।

लगातार छैटौं दिन पनि घटेको बीएसई सेन्सेक्स बिहीबार ७०० अङ्कले घटेर ६३ हजार ३०० भन्दा तल आएको थियो । भारतीय संचारमाध्यमहरुका अनुसार १५ मिनेटमै लगानीकर्ताहरूले ३५ खर्ब ८० अर्ब रुपैयाँ गुमाएका थिए । निफ्टी५० पनि घटेर १८ हजार ९०० भन्दा तल झरेको थियो ।

भारतीय सेयर बजारका विश्लेषकहरुका अनुसार इजरायल र हमासबिच जारी द्वन्द्व बजार घट्नुको मुख्य कारण हो भने भारतमा छाएको आर्थिक मन्दी अर्को कारण हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: