Skip to content
LAXMI SUNRISE BANK

इप्पान र आईसीएचको सहआयोजनमा दीगो वित्तिय उपकरण  व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

अर्थ सरोकार

काठमाडौं । इप्पान र आईसीएचको सहआयोजनमा दीगो वित्तिय उपकरण  व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच)को सहआयोजनामा दुई दिने दीगो वित्तिय उपकरण  व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको हो ।

काठमाडौं मेरियट होटलमा आयोजना गरेको असोज २९ र ३० गतेको सो कार्यक्रममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त, तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा आयोजना गरिएको दीगो वित्तीय उपकरण सम्बन्धी तालिमले नविकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।सो कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नविकरणीय ऊर्जाको दीगो वित्त व्यवस्थापनका लागि  तालिम आयोजना गरेको बताएकी छिन् ।

त्यस्तै, इप्पान र आईसीएचकै सहकार्यमा नविकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द व्यवस्थापन सम्बन्धी ५ दिने तालिम पनि केहि दिन अघि  सम्पन्न भएको हो । चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौंमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द व्यवस्थापनका बारेमा आईसीएचका तर्फबाट दर्जनौ पेपरहरु प्रिजेन्टेसन गरेका थिए ।

उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागीता रहेको थियो । साथै, सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् ।

इप्पान र आईसीएचबीच बिगत डेढ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK