×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे ७ हजार करोड बढी ऋण रहेको जगदम्बा स्टिल्सले दशैंपछि आईपीओ ल्याउँदै, सर्वसाधारणलाई ‘प्रिमियम मूल्य’ !

अर्थ सरोकार

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार

PRIME CA

साढे ७ हजार करोड बढी ऋण रहेको जगदम्बा स्टिल्सले दशैंपछि आईपीओ ल्याउँदै, सर्वसाधारणलाई ‘प्रिमियम मूल्य’ !

काठमाडौँ । पूर्वाधार निर्माणका लागि डण्डी उत्पादन गर्ने कम्पनी जगदम्बा स्टिल्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ । दशैँपछि आईपीओ ल्याउने तयारीमा कम्पनी लागेको हो । आर्थिक मन्दीका कारण बैंकको ब्याज तिर्न समस्या भएपछि पब्लिकबाट पैसा उठाउने रणनीति अनुसार कम्पनी आईपीओमा जान लागेको हो । अघिल्लो वर्षको तुलनामासाढे ९ अर्बले व्यापार घटेको सो कम्पनी आईपीओमा जान धितोपत्र बोर्डमा निवेदन दिन लागेको बुझिएको छ ।
प्रिमियममा आइपीओ जारी गर्न कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट आइआरएन ट्रिपल बी इसुअर रेटिङ पाएको छ । कम्पनीको वित्तीय विवरण अनुसार सन् २०२२/२३ मा कम्पनीको व्यापार ४० अर्ब १७ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीले ४९ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको थियो । यो कम्पनीको अपरिस्कृत विवरण हो ।
कम्पनीले जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायरसहित विभिन्न ब्राण्ड बजारमा बिक्री गर्दै आएको छ। कम्पनीले ३५ सय १४ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङबाट रेटिङ गराएको छ भने १२ सय ५८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन ट्रिपल बी रेटिङ गराएको छ । यस्तै कम्पनीले २७ सय करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एथ्रीप्लस रेटिङ गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: