काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले दुवैजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको ठहर गरेको छ । हिनामिना भएको सुनमार्फत दुवैजनाले १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।
यसो त भ्रष्टाचार मुद्दा दायर भएका कोषका तत्कालीन कोषाध्यक्ष थापाले यसअघि आफू जलहरी प्रकरणमा निर्दोष रहेको दाबी गरेका थिए । यतिसम्म कि उनले जलहरी प्रकरणमा आफूविरुद्ध मुद्दा चलाए मन्दिरभित्र आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्