काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरले ५ अर्व बराबरको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको हो ।
सो मध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गर्ने भएको छ । यसबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
कुमारी बैंकले १० वर्ष अवधिको ‘१०% केबीएल डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यस ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन सकिने छ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्