×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै, तालिम शुल्क ५ सय रुपैयाँ लाग्ने

अर्थ सरोकार

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार

PRIME CA

लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै, तालिम शुल्क ५ सय रुपैयाँ लाग्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन ईच्छुक व्यक्तिहरुका लागि तालिम संचालन गर्न लागेको हो ।

सो तालिम पोखरामा संचालन गर्न लागेको कम्पनीले जनाएको छ । उक्त, तालिम कार्तिक १८ गतेबाट कार्तिक २० गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, लाइसेन्सको  तालिम शुल्क पाँच सय रुपैयाँ लाग्ने कम्पनीको बताएको छ । साथै, कम्पनीले ईच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: