×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याम्सको विशेषज्ञ टोलीद्वारा ‘मेडिकल स्कर्टिङ’ गरि पाइलट सेढाईंको भारतमा उपचार जारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ह्याम्सको विशेषज्ञ टोलीद्वारा ‘मेडिकल स्कर्टिङ’ गरि पाइलट सेढाईंको भारतमा उपचार जारी

Artha Sarokar

२८ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी रहेको छ । शनिबार बिहान लुक्लाबाट लोबुचे  सोलुखुम्बु उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई थप उपचारका लागि  भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले  जानकारी दिएको हो ।

श्री एअरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार, ‘चार्टर्ड जहाज शनिबार बेलुकी ९:२० बजे मुम्बईको लागि उडेको थियो । उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी,  डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए ।’

त्यस्तै, बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई  एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा. इन्चार्ज निशान्त ढकालले जानकारी दिए । गम्भीर घाइते सेढाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा. निशान्त ढकाल, डा. सन्तोष न्यौपाने, डा. राम कृष्ण बुढाथोकी, प्लास्टिक सर्जन डा. कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बली जंग शाहीले उपचार गरेका थिए ।

शनिबार बिहान लुक्लाबाट लोबुचे सोलुखुम्बु उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालले  जानकारी दिएको हो ।  साथै , उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जनाएको छ ।

सो घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । उनको शरीर तथा हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको हो ।

साथै , हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे सोलुखुम्बु उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी