×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, घरको सुरक्षा दोब्बरले बढाइयो !

PRIME CA

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, घरको सुरक्षा दोब्बरले बढाइयो !

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका भारतीय व्यवसायी मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । शनिबार एक अज्ञात व्यक्तिले इमेलमार्फत अम्बानीलाई सुटर्सको प्रयोग गरी ज्यान मार्ने धम्की दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अम्बानीलाई उक्त इमेल अक्टोबर २७ मा आएको थियो । उक्त इमेलमा अम्बानीसँग भारतीय २० करोड रुपैयाँ माग गरिएको थियो । यतिसम्म कि उनले उक्त रकम नदिए ज्यान मार्नेसमेत धम्की सो इमेलमा उल्लेख गरिएको भारतीय प्रहरीले पुष्टी गरेका छन् । प्रहरीका अनुसार उक्त इमेलमा लेखिएको थियो– ‘यदि तिमिले २० करोड भारी दिएनौ भने हामीले तिमिलाई मार्नेछौँ । हामीसँग भारतका बेस्ट सुटर्स छन् ।’

अम्बानीलाई यस्तो इमेल आएको जानकारी प्रहरीमा पुगेसँगै हाल प्रहरीले आईपीसीको धारा ३८७ र ५०६ (२) अन्तर्गत अनुसन्धान सुरु गरेको छ । योसँगै हाल अम्बानीको घरको सुरक्षा पनि बढाइएको छ ।

यसो त अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो घटना भने होइन । उनलाई यसअघि पनि पटक पटक ज्यान मार्ने धम्की आउने गरेका थिए । अम्बानीलाई यसअघि २०२२ अगस्ट १५ मा रिलायन्स फाउन्डेसन अस्पतालको डिस्प्ले नम्बरमा उनीसँगै उनको परिवारलाई मार्ने धम्की आएको थियो ।

त्यसपछि सन् २०२२ अक्टोबर ५ मा रिलायन्स फाउन्डेसन अस्पतालमा बम पड्काउने धम्की आएको थियो । त्यसपछि सन् २०२३ जनवरी १० पनि अम्बानीको मुम्बईस्थित अम्बानी इन्टरनेशनल स्कुलमा बम पड्काउने धम्की आएको थियो । यसरी पटक पटक विश्वका धनाढ्य व्यक्ति अम्बानीलाई ज्यान मार्ने धम्की आएपछि हाल उनको सुरक्षामा कडाई गरिएको छ भने उक्त घटनाको जाँच एनआईएले गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: