काठमाडौं । सवारी चालकहरुले नागरिक एफ मार्फत देखाएको अनुमति पत्रलाई देशव्यापी मान्यता दिईने भएको छ ।
सोमबार नागरिक एफको फेसबुक पेजमा एक सूचना जारी गर्दै एफमा लिंक गरिएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिइने जानकारी गराएको हो । नागरिक एपको यस्तो सुबिधाले चालक अनुमति पत्र बोकेर हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
उक्त सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ । यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस् ।’

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्