×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने, सोमबार दिउँसो ३ बजे बोलकबोल

PRIME CA

राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने, सोमबार दिउँसो ३ बजे बोलकबोल

२१ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

असोज २३ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने जनाईएको छ । केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको उक्त बिला नवीकरण गर्न लागेको हो । यो बिल पुस २४ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ६ अर्ब ४६ करोड र १ वर्षका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यी ट्रेजरी बिल क्रमशः २०८० चैत २७ र २०८१ असोज २२ गते परिपक्व हुनेछन् ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: