काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्व ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन बैंकले उक्त बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले असोज ३० गते मंगलबार जारी गर्ने उक्त ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ । बैंकले ९१ दिन लागि ७ अर्ब ७० करोड रुपैयाँको बिल नवीकरण गर्ने भएको छ । उक्त बिल माघ २ परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनका लागि ५ अर्व र १ वर्षका लागि ६ अर्व रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । १८२ दिनको बिल २०८१ बैशाख ४ गते र १ वर्षको बिल २०८१ असोज २९ गते परिपक्व हुनेछन् ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने केन्द्रिय बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्