×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै बढ्यो राष्ट्र बैंकका कर्मचारीको भत्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ह्वात्तै बढ्यो राष्ट्र बैंकका कर्मचारीको भत्ता !

Artha Sarokar

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुको भत्ता बढेको छ । दशैंको मुखमा कर्मचारीको तलब बढाउँदा आलोचना हुने भन्दै बैंकले कर्मचारीको भत्ता वृद्धि गरेको हो ।

राष्ट्र बैंकको पछिल्लो पटक बसेको संचालक समितिको बैठकले भत्ता बढाउने प्रस्तावलाई स्वीकृति दिएको थियो । बैंकले कर्मचारीको भत्ता र भ्रमण भत्ता समान १८.६ प्रतिशतले बढाएको छ । त्यस्तै, अवकाश प्राप्त कर्मचारीले  पाउने औषधि खर्च १८ हजारबाट बढेर २४ हजार पुगेको छ ।

बैंकले यसअघि थुप्रै शिर्षकमा भत्ता दिँदै आएको थियो भने आहिले एकमुस्ट रुपमा भत्ता दिन थालेको छ । जुन भत्ता हरेक दुई वर्षमा बढाउने गरिएको छ । त्यस्तै, केन्द्रिय बैंकले आफ्ना कर्मचारीलाई विदेश जाँदा वा स्वदेश मै अन्य जिल्ला जाँदा समेत भत्ता उपलब्ध गराउँदै आएको छ ।

कर्मचारीहरुको सुविधालाई मध्येनजर गर्दै केन्द्रिय बैंकले घर निर्माण गर्दै सहुलियतमा कर्जा समेत उपलब्ध गराउँदै आएको छ । आफ्ना कर्मचारीहरुलाई बैंकहरुको बेस रेट भन्दा पनि कममा कर्जा उपलब्ध गराउँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी