×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २७ अर्व ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने, दिउँसो ३ बजे बोलकबोल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले २७ अर्व ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने, दिउँसो ३ बजे बोलकबोल !

Artha Sarokar

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले २७ अर्व ६६ करोड रुपैयाँ बराबरको बिल नवीकरण गर्ने भएको हो ।

कार्तिक १४ गते मंगलबार जारी हुने उक्त ट्रेजरी  बिलको आज दिउँसो ३ बजे बोलकबोल हुने जनाईएको छ । राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्ने भएको हो ।

केन्द्रिय बैंकले २८ दिनको लागि ५ अर्व बराबरको बिल नवीकरण गर्ने भएको छ जुन मङ्सिर १२ गते परिपक्क हुन्छ । त्यस्तै, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी माघ १६ गते परिपक्व हुनेछ । साथै, १८२ दिनको लागि १३ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख १८ गते परिपक्व हुनेछ । एक वर्षको लागि १ अर्ब ५६ रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ कात्तिक १३ गते परिपक्व हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी