काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २८२ कम्पनीको ४२ लाख ८७ हजार ४ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९ सय ९१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, ८.५% प्रभु बैंक डेबेञ्चर २०८७, इङवा हाइड्रोपावर र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९ सय ९१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नबिल बैंक, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । बाराही हाइड्रोपावर पब्लिकमा यस्तो गिरावट आउँदा गरिमा डेबेञ्चर २०८५, रावा इनर्जी, श्री इन्भेस्टमेन्ट फाइनान्स र स्वेत गंगा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्