Skip to content
LAXMI SUNRISE BANK

वाइकोले गरिरहेको मनपरीबारे बोर्डले सोधेको स्पष्टिकरणको नेप्सेले जवाफ पठायो, वाईकोकै समर्थनमा ‘झुटो स्पष्टीकरण’ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले संचालन गर्नुपर्ने टिएमएस नट्स संचालन गरिरहेको वाईकोले नै संचालन गरी सेयर लगानीकर्ताको तथ्यांकमा वाईको नामक कम्पनीले व्यापक चलखेल गरेको पाइएपछि सो विषयमा नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सोधेको स्पष्टिकरणको जवाफ नेप्सेले फर्काएको छ । नेप्सेले असोज १८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार बोर्डलाई जवाफ पठाएको हो ।

खासमा बोर्डले जवाफ नेप्सेको व्यवस्थापनसँग मागेको थियो । तर अख्तियार लाग्ने डर भएपछि व्यवस्थापनले यो बोर्डबाट नै निर्णय हुनुपर्ने भन्दै बोर्डमा सो स्पष्टिकरणमा के लेखेर पठाउने भन्ने एजेन्डा लागेको थियो । नेप्सेका अध्यक्ष स्वयम् नै बोर्ड, नेप्से लगायतका निकाय हेर्ने अर्थमन्त्रालयको महाशाखा प्रमुख भएको स्थितिमा सानोले ठुलालाई स्पष्टीकरण सोहेको भन्दै नेप्सेका केहि कर्मचारीले अध्यक्षलाई उचाल्नसमेत खोजेका थिए ।

अन्तत: ती कर्मचारीकै जोडबलमा व्यवस्थापनबाट नै स्पष्टिकरण पेश हुनुपर्ने चीज बोर्डको निर्णयबाट गरिएको छ ।

नेप्सेले टिएमएस र नट्सको संचालन कानुन बमोजिम नै भईरहेको टालटुले जवाफ बोर्डलाई दिएको छ । जवकि वाईकोले नट्स पनि आफैँ चलाउने र टिएमएस पनि आफैँ चलाउने गर्दा सेयर बजारमा चरम चलखेल भएको तथ्य धितोपत्र बोर्डकै अनुसन्धानमा देखिएको छ । तर बाहिर आएका विषय सत्य नभएको दाबी गर्दै नेप्सेले सबै लगानीकर्ताको विवरण सुरक्षित रहेको र कानुन अनुसार नै काम भईरहेको जवाफ दिएको छ ।

खासमा टीएमएस नेप्सेले संचालन गर्नुपर्ने हो । तर सो जिम्मा नेप्सेले वाईकोलाई दिएको छ । लिखित रुपमा कतै उल्लेख नगरेको भए पनि वाईकोका कर्मचारी नेप्सेमै बसेर टिएमएस संचालन गरी अनावश्यक चलखेल गरिरहेको मौखिक उजुरी नेप्सेकै कर्मचारीले बोर्डमा दिएका थिए । नट्स पनि आफैं चलाउने र टिएमएसमा पनि आफ्नै पहुँच भएपछि वाईकोका कर्मचारीले चाहे अनुसार कम्पनीको सेयर मूल्यमा म्यानिपुलेसन हुने गरेको दाबीसहित नेप्सेकै एक उच्च तहका कर्मचारीले बोर्डमा मौखिक उजुरी दिएका थिए । तथ्य खोतल्दै जाँदा बोर्डलेसमेत प्राप्त उजुरी सहि भएको र वाईकोले नेप्सेमा बसेर गलत काम गरिरहेको भन्दै वाईकोलाई कारवाही गर्ने आफ्नो अधिकार नभएपछि नेप्सेलाई स्पष्टिकरण सोधेको हो । नेप्सेले पठाएको जवाफ पूर्ण रुपमा झुटो रहेको थाहा भएको स्थितिमा अव के गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बोर्ड स्रोतको भनाई छ ।

ब्रोकरहरुले प्रयोग गर्ने टिएमएस र सेयर कारोबारको लागि प्रयोग गरिने नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) पनि वाईकोले बनाएको हो । दुवै चीजको संचालन खासमा यूटै कम्पनीले गर्न कानुनले दिंदैन । तर टिएमएस नेप्सेलै नै संचालन गरेको जस्तो देखाएर, नेप्सेका हाकिमलाई प्रभावमा पारेर बर्षौंदेखि वाईकोले लगानीकर्ताका तथ्यांकहरु मनपरी ढंगले दुरुपयोग गरिरहेको दाबीपछि बोर्डले यस विषयमा नेप्सेसँग स्पष्टीकरण सोधेको थियो । अव यो केसलाई स्वयम् बोर्डले नै अख्तियारमा पठाउन मिल्छ कि मिल्दैन वा अनुसन्धानका लागि कसैको सहयोग लिन मिल्छ कि मिल्दैन भन्ने विषयमा बोर्डले कानुनी परामर्श गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK