×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज २९ गतेबाट नयाँ नोट सटही गर्न पाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

असोज २९ गतेबाट नयाँ नोट सटही गर्न पाइने !

Artha Sarokar

२१ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारमा नयाँ नोट बजारमा उपलब्ध गराउने तयारी थालेको छ । चाडपर्वलाई लक्षित गर्दै असोज २९ गतेबाट नयाँ नोट बजारमा उपलब्ध गराउने राष्ट्र बैंकले तयारी थालेको छ ।

हरेक वर्ष जस्तै यसवर्ष पनि दशैं तिहारमा बजारमा नयाँ नोट ल्याउने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले असोज २९ गतेबाट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको हो ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी