×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजको पिरलो : १३ बैंकले ब्याज घटाउँदा सिबिफिन र बैंकर्स संघका अध्यक्षको बैंक एनएमबिले नै बढायो

PRIME CA

ब्याजको पिरलो : १३ बैंकले ब्याज घटाउँदा सिबिफिन र बैंकर्स संघका अध्यक्षको बैंक एनएमबिले नै बढायो

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कार्तिक महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने १८ वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।

१३ वाणिज्य बैंकले ब्याजदर घटाउदा नेपाल बैंकर्स संघका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष नै अध्यक्ष रहेको एनएमबि बैंकले भने ब्याजदर बढाएको छ । बैंकले १.०३ प्रतिशतले ब्याजदर बढाएर ११ प्रतिशतमा पुर्याएको छ । यसअघि असोज महिनामा एनएमबिको ब्याजदर ९.९९ प्रतिशत रहेको थियो ।

बैंकले ३ देखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा भने ९.९९ प्रतिशत तोकेको छ भने ९ देखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा १०.५ प्रतिशत ब्याज निर्धारण गरेको छ । त्यस्तै, १ वर्षदेखि २ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ११.००३ प्रतिशत, २ देखि १० वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत र १० वर्षमाथिको मुद्दती निक्षेपमा पनि १० प्रतिशत नै ब्याज तोकेको छ ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: