×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजेल र मट्टीतेलको मूल्य घट्यो, भारतबाट बढेर आएपनि प्रचण्डको निर्देशनमा ग्याँसको भाउ बढाइएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डिजेल र मट्टीतेलको मूल्य घट्यो, भारतबाट बढेर आएपनि प्रचण्डको निर्देशनमा ग्याँसको भाउ बढाइएन

Artha Sarokar

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा  लिटरमा ४ रुपैयाँले घटाएको छ । निगममा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।

‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर हुनेछ।’ ठाकुरले भने, ‘बढ्न त खाना पकाउने ग्याँसको भाउ भारतबाट बढेर आएको थियो, तर ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी