काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थालाई सरकारी स्वमित्वमा ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विरोध सूचना पेश गर्दै सांसद सुवालले यस्तो बताएका हुन् ।
बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संसोधन गर्न बनेको विधेयकमा विरोधको सूचना पेस गर्दै उनले बैंकिङ कसुर नियन्त्रण गर्नका लागि अनिवार्य रुपमा बैंक तथा वित्तीय संस्थालाई सरकारी स्वामित्वमा ल्याउनुपर्ने बताएका छन् ।
‘बैंक तथा वित्तीय संथालाई पूर्णरुपले सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्नु जरुरी छ । विदेशी लगानी भएको बैंकिङ र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुँदैन ।’, उनले भने, ‘ नेपालीको लगानि हुनुपर्छ । विदेशीको लगानिले नाफा जति विदेश लाने र नेपालीहरु गरिब हुने प्रधानमन्त्रीलाई अनुभव भएकै कुरा हो नि त्यसकारण यस कुरालाई ध्यान दिनुपर्छ ।’
त्यस्तै, सांसद सुवालले नेपालीको सम्पत्तिको सिमाङ्कनका लागि विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको समेत बताएका छन् । ‘नेपालीको सम्पत्तिको सिमाङकन गर्न विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ ।’, उनले भने, ‘किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पति भएको बाहिर आएको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्