काठमाडौं । कतार एयरको जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘ओभरसुट’ गरेको छ । बुधबार बिहान ७ बजेर १२ मिनेटमा जहाजले ओभरसुट गरेको हो ।
उडान नं. ६४८ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजले आकासमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको जनाईएको छ ।
यता, विमानस्थल कार्यालयका अनुसार कतार एअरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको जनाईएको छ । ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाइ अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, विमानस्थलका एक उच्च अधिकारीले भने ।
यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर झण्डै २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्