×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक अलपत्र पार्ने सांसदको फोटो स्थानीयले रुखमा टाँसे

PRIME CA
GLOBAL IME BANK

सडक अलपत्र पार्ने सांसदको फोटो स्थानीयले रुखमा टाँसे

१२ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । समयमा सडक निर्माणको काम सम्पन्न नभएपछि स्थानीयले सांसदको फोटो रुखमा टाँसेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डीचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक अलपत्र पारेको भन्दै पश्चिम सुर्खेतका स्थानीयले सांसद दिक्पाल शाहीको फोटो रुखमा टाँसेका हुन् ।

उनीहरुले ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ भन्दै सांसद शाहीको फोटो रुखमा टाँसेका हुन् । सांसद शाही दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

उक्त सडकखण्ड कालोपत्रे गर्ने भन्दै सांसद शाहीका छोराको नाममा रहेको अनक जयदेवी जेभी बाँकेले जिम्मा लिएको थियो । ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको लामो समयसम्म पनि काम सम्पन्न नभएपछि स्थानीयहरुले सांसदको फोटो रुखमा टाँसेका हुन् ।

पटकपटक सडक निर्माणको काम सक्नका लागि दवाव दिँदा पनि वास्ता नगरेपछि बाध्य भएर सांसदको फोटो रुखमा टाँसेको स्थानीयले बताएका छन् । हाल शाहीको तस्वीरसहितको रुखमा टाँसिएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: