×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनको ‘बेकामे’ च्याटबोट : सेबोन भनेकै बुझ्दैन, आफ्नै अध्यक्षलाई चिन्दैन, लगानीकर्ताका गुनासो सुन्दैन !

अर्थ सरोकार

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार

PRIME CA

सेबोनको ‘बेकामे’ च्याटबोट : सेबोन भनेकै बुझ्दैन, आफ्नै अध्यक्षलाई चिन्दैन, लगानीकर्ताका गुनासो सुन्दैन !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले संचालनमा ल्याएको च्याटबोटमा सार्है सिमित प्रश्नोत्तर राखिएको र सो प्रश्नोत्तर पनि राख्नुपर्ने जसरी नराखिएको पाइएको छ । लगानेकर्ताका गुनासोसमेत सुन्नेगरी बनाइएको भनिएको च्याटबोटमा लगानीकर्ताका गुनासो सुन्नु त परकै कुरा, सेबोन भनेको के हो ? नेप्से भनेको के हो ? सेयर भनेको के हो ? भन्ने सामान्य प्रश्नको जवाफ पनि नभेटिने गरेको पाइएको छ ।

यतिसम्मकि सो च्याटबोटमा सेबोन भनेको के हो भन्ने प्रश्नको जवाफ पनि च्याटबोटले आफुसँग सो प्रश्नको जवाफ नभएको उत्तर फर्काउँछ । सेबोनको हालको अध्यक्ष को हो ? भन्ने प्रश्नमा च्याटबोटले नेप्सेमा कसरी ट्रेड गर्ने भन्ने जवाफ दिन्छ । बोर्डले लगानीकर्ताका गुनासा सुन्ने भनेर बनाएको च्याटबोटले गुनासो सुन्ने काम नगर्ने, बरु सिमित प्रश्नको जवाफ दिने गरेको पाइएको छ ।

सेबोनले बनाएको च्याटबोट काम नलाग्ने रहेको लगानीकर्ताको बुझाई छ । सिमित प्रश्नको जवाफ राखेर च्याटबोटका नाममा लगानीकर्ता झुक्याउने काम भएको तर्क लगानीकर्ताको छ । अंग्रेजी भाषामा मात्र प्रश्न सोध्न मिल्ने सो च्याटबोटमा अंग्रेजीको सामान्य क्याप्स लकको सिष्टमसमेत इण्टिग्रेट गरिएको छैन । जसका कारण च्याटबोट प्रभावहीन बनेको छ ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले च्याटबटको उद्घाटन गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: