×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राइट ल्याउने कम्पनीको भाउ घट्नैपर्छ, कसरी बढ्यो अनुसन्धान गर्छौँ, बुक बिल्डिङ्ग राम्रो हो, तर सबै समस्याको समाधान होइन’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘राइट ल्याउने कम्पनीको भाउ घट्नैपर्छ, कसरी बढ्यो अनुसन्धान गर्छौँ, बुक बिल्डिङ्ग राम्रो हो, तर सबै समस्याको समाधान होइन’ (भिडियो)

२२ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले हकप्रद जारी गर्ने कम्पनीको भाउ घट्नुपर्ने भए पनि नेपालमा त्यसको ठिक विपरित राइट ल्याउने कम्पनीको भाउ बढिरहेकोले त्यस विषयमा अनुसन्धान गर्ने बताएका छन् । आइतबार काठमाडौँमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकारले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राइट ल्याउने कम्पनीको भाउ घट्नुपर्नेमा नेपालमा बढिरहेको छ । राइट ल्याउने कम्पनीको भाउ घट्नैपर्छ, कसरी बढ्यो अनुसन्धान गर्छौँ ।’ उनले भने ।

लगानीकर्ताको प्रश्नको जवाफ दिंदै उनले आफु आफ्नो इक्षाले बोर्डको अध्यक्ष नभएको भन्दै सरकारले निमन्त्रणा गरेर आफु बोर्ड अध्यक्ष भएकोसमेत दाबी गरे । उनले आफु अध्यक्ष भएपछि बोर्डमा तजबिजी र मान्छेको टाउको हेरेर स्वीकृत गर्ने प्रणाली हटेकोसमेत दाबी गरे ।

बुक बिल्डिङमा विधिमार्फत आईपीओ ल्याउनुपर्नेमा प्रिमियममा आईपीओ ल्याएर बोर्ड पोलिसी करप्सनमा लागेको सेयर लगानीकर्ता तिलक कोइरालाको आरोपकोसमेत बोर्ड अध्यक्ष हमालले प्रतिवाद गरे । आफ्नो प्रश्नबाट करप्सन भन्ने शब्द हटाउन आग्रह गर्दै हमालले तथ्य नबुझी अरुको चरित्रमाथि प्रश्न उठाउन ठिक नहुने बताए । बुक बिल्डिङ्ग राम्रो पक्ष भएपनि समस्याको सबै समाधान भने नभएको हमालको भनाई छ ।

दशैंअघि मार्जिन लेण्डिङ्गको कार्यविधि ल्याउने तयारी बोर्डको भएको बताउँदै उनले लगानीकर्ता र बजारको हितका लागि बोर्ड अहोरात्र लागिरहेकोसमेत बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: