×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक लुट्न आएका लुटेराको बैंक लुट्ने योजना असफल, सिसिटिभी डिभाइस गायब !

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंक लुट्न आएका लुटेराको बैंक लुट्ने योजना असफल, सिसिटिभी डिभाइस गायब !

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

रुपन्देही । रुपन्देहीमा लुटेराहरुको बैंक लुट्ने योजना असफल भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लुट्न आएकाहरुले बैंकको लकर तोड्न खोजे पनि असफल भएको पाइएको छ ।

प्रहरीका अनुसार बैंकको लकर राखेको भित्ता तोडिएको छ भने लकर राखिएको पैसा निकाल्ने गरी तोड्न खोजेको देखिएको छ । बैंकको लकर तोड्न नसकेपछि लुटेराहरु त्यहाँबाट निस्केर सहकारी कार्यालयको करिव ४ लाख रुपैयाँ चोरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी मनोहर भट्टका अनुसार बैंकको लकर तोड्न खोजेको अवस्थामा छोडिएको छ भने सँगै रहेको कामना बहुउदेश्य सहकारी संस्था लिमिटेडबाट करिव ४ लाख रुपैयाँ चोरी भएको छ ।

बैंकका सुरक्षा गार्ड नभएको मौका पारी बैंकको पैसा लुट्ने योजना बनाएकाहरुले बैंक र सहकारीमा राखिएको सिसिटिभी क्यामेराको मेमोरी डिभाइससमेत चोरेर भागेको प्रहरीको भनाई छ । गायव पारेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: