×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन

Artha Sarokar

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तत: सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको संसोधित एकिकृत निर्देशिकामा सो सिमा परिमार्जन भएको बताइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अव व्यक्तिको हकमा १५ करोड र संस्थागतको हकमा २० करोड सेयर कर्जा पाइनेछ । यसअघि सेयरमा १२ करोड मात्र कर्जा पाइन्थ्यो ।
लामो समय देखि सेयर बजारका लगानीकर्ताले सो १२ करोडको सिमा हटाउन माग गरेका थिए । सडकदेखि संसदसम्म सेयर कर्जाको सो सिमा बढाउन वा खारेज गर्न आवाज उठिरहेको थियो । अन्तत: राष्ट्र बैंकले सो कर्जाको सिमा परिमार्जन गरेको छ ।
यता, सेयर कर्जाको सिमा परिमार्जन भएकोमा लगानीकर्ताकाहरुले मिस्रित प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई सकारात्मक भनेका छन् भने कतिले झारा टार्ने काम मात्र भएको गुनासो गरेका छन् । राष्ट्र बैंकले सेयर कर्जामा गरेको यस्तो व्यवस्थासँगै अव बैंकबाट प्रवाह हुने सेयर कर्जा बढ्ने निश्चित छ । यद्यपी सेयर बजारले राष्ट्र बैंकको परिमार्जित नीतिलाई कस्तो प्रतिक्रिया दिन्छ भन्ने तथ्य भने हेर्न बाँकी नै छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी