Skip to content
LAXMI SUNRISE BANK

घटेको ब्रोकर कमिसन कार्यान्वयन नगराउन पूराना ब्रोकरको लबिङ, दशैँको शुभकामनाका नाममा ‘चाप्लुसी’ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसन तत्काल कार्यान्वयनमा नल्याउन पूराना ब्रोकरहरुले अर्थमन्त्रीसमक्ष लाविङ गरेको पाइएको छ । केहि दिनअघि बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्कसमेत घटाएर अप्रुभलका लागि अर्थ मन्त्रालयमा पठाएकोमा दशैँ शुभकामनाका नाममा सो निर्णय कार्यान्वयन नगराउन ब्रोकरहरु लविङमा लागेको पाइएको हो ।
बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको छ। सो निर्णय अर्थ मन्त्रालयले स्वीकृत गरी बोर्डमा पठाएपछि लागु हुनेछ । तर यसलाई तत्कालका लागि रोक्न ब्रोकरहरुले लविङ गरेको पाइएको हो ।
‘संस्थागत रुपमा नभए पनि पूरानो ब्रोकर संघका पदाधिकारीहरुबाटै यो निर्णय रोक्न लविङ भएको छ ।’ अर्थ मन्त्रालय स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘अर्थमन्त्रीले पूराना ब्रोकरहरुले ब्रोकर कमिसन घटाउन गरेको लविङलाई स्वाभाविक रुपमा लिनुभएको छ तर बोर्डको निर्णय रोक्ने मनस्थितिमा मन्त्रालय छैन ।’
यद्यपी अर्थमन्त्री डा. प्रकाश शरण महत भने बोर्डले गरेको निर्णयको कार्यान्वयन रोक्दा लगानीकर्ताको विरोध खप्नुपर्ने स्थिति आउने हुनाले सो निर्णय नरोक्ने मनस्थितिमा पुगेको बुझिएको छ । ‘नयाँ ब्रोकर साथीहरु त आउनुभएको छैन ।तर पूराना ब्रोकर साथीहरुले विभिन्न च्यानल लगाएर अर्थमन्त्रीलाई सो निर्णय हाल रोक्न लविङ गरिरहनुभएको छ ।’ अर्थमन्त्रालय निकट स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘तर अर्थमन्त्री यस विषयमा सकारात्मक हुनुहुन्न । नयाँ ब्रोकर कमिसनको निर्णय लागु हुन्छ । दशैँ लगत्तै यो निर्णय कार्यान्वयनमा जान्छ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK