काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २८६ कम्पनीको ३७ लाख ३३ हजार ५ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार मान्डु हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ८० लाख ९० हजार ८ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सिटि होटलका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, समता घरेलु लघुवित्त, सयपत्री हाइड्रोपावर र एशियन हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा मान्डु हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ८० लाख ९० हजार ८ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, नबिल बैंक, हाथवे इन्भेस्टमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सानिमा जीआइसी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमा जीआइसी इन्स्योरेन्समा यस्तो गिरावट आउँदा ग्रिन डेभलपमेन्ट बैंक, बुद्ध भुमि नेपाल हाइड्रोपावर, सुपर माई हाइड्रोपावर र बिपीडब्लु लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्