×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोनापुर सिमेन्टको सबै सेयर बेच्न खोज्दैछन् म्युचुअल फण्ड, त्यसैले लाग्दैछ भकाभक नेगेटिभ सर्किट !

PRIME CA

सोनापुर सिमेन्टको सबै सेयर बेच्न खोज्दैछन् म्युचुअल फण्ड, त्यसैले लाग्दैछ भकाभक नेगेटिभ सर्किट !

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार भएको तेस्रो दिन पनि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । मंगलबार पनि सोनापुरको सेयर मूल्य १० प्रतिशतले घटेर २ सय ८३ रुपैयाँ ५० पैसाबाट २ सय ५५ रुपैयाँ २० पैसामा झरेको छ ।

यसै पनि साह्रै कमजोर मानिएको सोनापुरको सेयर मूल्यमा कारोबारको तेस्रो दिनमा पनि लगातार नेगेटिभ सर्किट लाग्नुलाई धेरैले फरक–फरक रुपमा विश्लेषण गरेका छन् । तर, सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्नुको मुख्य कारण म्युचुअल फण्ड रहेको विश्लेषकहरु बताउँछन् ।

सोनापुरको सेयर दोस्रो बजार कारोबार सुरु भएको दिनदेखि नै म्युचुअल फण्डहरुले आरक्षणमा पाएको सेयर भकाभक बेचिरहेका छन्, बेच्न खोजिरहेका छन् ।

यसो त कारोबारको तेस्रो दिन म्युचुअल फण्डहरुले सोनापुरको अधिकतम एक हजार कित्तासम्म सेयर प्रतिकित्ता २ सय ५५ रुपैयाँ २० पैसामा बिक्री गर्न राखेका छन् । यही कारण पनि कम्पनीको सेयर मूल्यमा तेस्रो दिनमा पनि नेगेटिभ सर्किट लागेको हो ।

म्युचुअल फण्डहरुले सोनापुरको ६ लाख ८ हजार २ सय ८४ कित्ता सेयर प्रतिकित्ता २ सय २२५ रुपैयाँमा आरक्षण पाएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसामा आईपीओ जारी गरेको थियो । कम्पनीको सेयर असोज ३ मा नेप्सेमा सूचीकृत भएको थियो । दोस्रो बजारमा कारोबारको पहिलो दिन कम्पनीले १ सय ४२ रुपैयाँ १ पैसादेखि ४ सय २६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: