×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनबाट तस्करी गरिएको १ किलो सुनसहित दुई जना पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार

PRIME CA

चीनबाट तस्करी गरिएको १ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौँ । रसुवाबाट प्रहरीले १ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा लुकाईछिपाई तस्करी गरिरहेको १ किलो सुनसहित शनिबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) काठमाडौँबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङ रहेका छन् । उनीहरुलाई रसुवाको वेत्रावती पुलबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

सिआईबीका अनुसार १ किलो सुनलाई चार टुक्रा पारेर तस्करी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । तस्करीले उनीहरुले प्रयोग गरेको मोटरसाइकल पनि बरामद गरिएको सिआईबीले जनाएको छ । सिआईबी स्रोतका अनुसार उनीहरुले उक्त सुन चीनबाट ल्याएको पाइएको छ । यसरी यसअघि पनि थुप्रैपटक चीनबाट सुन तस्करी गरेको आशंकामा थप अनुसन्धान भईरहेको सिआईबीले जनाएको छ ।

गत महिनामा मात्रै रसुवाबाट २ किलो सुन बरामद भएको थियो । त्यस्तै, दोलखाबाट पनि ७ किलो तस्करीको सुन बरामद भएको थियो । चीनबाट गरिने सुन तस्करीका लागि हवाई मार्ग असुरक्षित देखिएपछि पछिल्लो समय तस्करहरुले भू–मार्गको प्रयोग गरी सुन तस्करी गरिरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: