×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड इन्भेष्टर्स विकको तेश्रो दिन : डिबिएएन र अर्थ सरोकारको सेयर सचेतना कार्यक्रम ललितपुरमा सम्पन्न (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार

PRIME CA

वर्ल्ड इन्भेष्टर्स विकको तेश्रो दिन : डिबिएएन र अर्थ सरोकारको सेयर सचेतना कार्यक्रम ललितपुरमा सम्पन्न (फोटो-कथा)

काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन, र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा सेयर बजार सचेतना कार्यक्रमअन्तर्गतको दोश्रो कार्यक्रम बुधबार ललितपुरको क्याथफोर्ड कलेजमा सम्पन्न भएको छ । कार्यक्रममा कलेजका विद्यार्थीहरुलाई सेयर सचेतना गराइएको थियो । यसअघि मंगलबार सोहि कार्यक्रम काठमाडौँस्थित रिलायन्स कलेजमा सम्पन्न भएको थियो ।

सेयर बजारका अध्येयता सुबास चन्द्र भट्टराईले सेयर सचेतना तालिम दिएको उक्त कार्यक्रममा १०० बढी विद्यार्थीहरु उपस्थित थिए । कार्यक्रममा धितोपत्र ब्रोकर एसोसिएसनमा आवद्ध संघका पदाधिकारीहरु, अन्य ब्रोकरहरु, क्याथफर्ड कलेजका प्रतिनिधिहरु, र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

धितोपत्र बोरकर एसोसिएसनका महासचिव कृष्ण गिरीले संचालन गरेको सो कार्यक्रममा संघका अध्यक्ष सागर ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

लगानीकर्ता सप्ताहको अवसरमा अर्थ सरोकार डटकम र धितोपत्र ब्रोकर एसोसिएसन मिलेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । जसमा विभिन्न कलेजमा सेयर सचेतना दिने, सेयर बजार सम्बन्धि अन्तरक्रिया गर्ने, सेयर बजारसम्बन्धि बहसको आयोजना गर्ने लगायतका कार्यक्रम छन् । प्रस्तुत छ : क्याथफर्ड कलेजमा गरिएको सो सेयर सचेतना कार्यक्रमका झलक फोटो-कथामा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: